अतिरिक्त समयमा दुई गोल गर्दै स्पेन युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार अबेर राति सकिएको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० अतिरिक्त समयमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले गोल गरेका थिए।
मोराटाले खेलको १०० र ओयर्जाबाजले १०३ मिनेटमा गोल गर्दा स्पेन विजयी भएको हो।
क्रोएसियाका पासालिकले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटको खेल ३-३ गोलको बराबरीमा आएको थियो।
प्रकाशित मिति २०७८ असार १५ गते मङ्गलबार ०६:१३