ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण  तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
२०८३ बैशाख २३ गते बुधबार ०६:५४

पोखरा बैशाख २३/ कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित...

पोखरा बैशाख २३/ कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।संघका अध्यक्ष सन्तोष बस्यालका अनुसार कार्यक्रममार्फत चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस गरिनेछ ।

यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुनेछ।‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन्।‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन्।‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् ।‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।

प्रकाशित मिति २०८३ बैशाख २३ गते बुधबार ०६:५४
प्रतिक्रिया दिनुहोस्