माउन्ट अन्नपूर्ण छैटौ एसर्ईई फेष्टको समापन

माउन्ट अन्नपूर्ण छैटौ एसर्ईई फेष्टको समापन
२०८३ बैशाख २६ गते शनिवार ०५:३३

पोखरा,बैशाख २६/ छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्टको शुक्रवार समापन भएको छ । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको बिद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने...

पोखरा,बैशाख २६/ छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्टको शुक्रवार समापन भएको छ । पोखरा ३ नदिपुर भिसि मार्गमा रहेको बिद्यालयले एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सिर्जनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौ माउन्ट अन्नपूर्ण एसर्ईई स्पोट्स फेष्ट आयोजना गरेको हो । ३ दिन सम्म चलेको फेष्टमा छात्र भलिवल,छात्र छात्रा बाष्केटबल र टेवल टेनिसका खेलहरु भएको बिद्यालयका प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बताए। खेल अन्तरगर्त छात्र बाष्केटबल तर्फ रघुगंगाले उपाधि हासिल गर्दा माउन्ट अन्नपूर्ण (मास)ले दोस्रो स्थान प्राप्त गरेको हो । त्यस्तै छात्रा बाष्केटबल तर्फ माउन्ट अन्नपूर्ण (मास)ले उपाधि हासिल गर्दा मर्दिखोलाले दोस्रो स्थान प्राप्त गरेको हो ।

छात्रतर्फको बाष्केटबलको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्दा छात्रा तर्फको बिजेताले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको इसिए डाइरेक्टर तेज बहादुर गुरुङले बताए ।त्यस्तै छात्र भलिवल तर्फ उपाधि पोखरा यूनाइटेडले जित्न सफल भएको छ भने म्याग्दी गलेश्वर टिमले दोस्रो स्थान प्राप्त गरेको हो । उपाधि जितेको यूनाइटेडले २० हजार प्राप्त गर्दा दोस्रो भएको गलेश्वरले १० हजार रुपैया प्राप्त गरेको हो ।
त्यस्तै छात्रा भलिवल तर्फ पोखरा यूनाइटेड बि पहिलो र पोखरा यूनाइटेड ए ले दोस्रो स्थान प्राप्त गर्दा उनिहरुले क्रमश १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।
छात्र टेवल टेनिस तर्फ एकल विधामा प्रतिस्पर्धामा वेलनन एकेडेमिका दिपनिसान शाहि पहिलो हुदा,सगरमाथा स्कुलका स्वर्निम तिमिन्सिनाले दोस्रो स्थान प्राप्त गर्न सफल भएका हुन् । उनिहरुले क्रमश ५ हजार र उपविजेताले ३ हजार प्राप्त गरेको इसिए डाइरेक्टर गुरुङले उल्लेख गरे ।
प्रतियोगिताको छात्र बाष्केटबल तर्फ मस्ट् भ्यालुएबल प्लेयर रघुगंगाका सचिन पुन हुदा हाई स्कोरर माउन्ट अन्नपूर्ण (मास)का सुजन पुनले प्राप्त गरे । त्यस्तै बाष्केटबल छात्रा तर्फ मस्ट् भ्यालुएबल प्लेयर माउन्ट अन्नपूर्ण (मास) कि अनिता गुरुङले प्राप्त गरिन भने हाई स्कोररको उपाधि मर्दिखोलाकि सरोना श्रेष्ठले हात पारिन् । त्यस्तै छात्र भलिवल तर्फ वेष्ट प्लेयर पोखरा यूनाइटेडका निशान नेपालीले प्राप्त गर्दा छात्रा तर्फ पोखरा यूनाइटेड बि कि रसिला आलेले प्राप्त गर्न सफल भएकि हुन् ।प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू २०८२ सालको एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरु भएको प्सटु कोअडिनेटर तथा कार्यक्रम संयोजक गोबिन्द सुवेदीले बताए ।

प्रतियोगिताको मूल उद्देश्य विद्यार्थीहरूलाई खेलकुदमार्फत अनुशासन, सहकार्य, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रशासक चित्र गुरुङले बताए । गण्डकी प्रदेशकै पहिलो निजी तहबाट सञ्चालित विद्यालयको रुपमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयले बिगत १७ बर्ष देखि म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिंङ बिषयमा कक्षा १२ सम्म पढाई हुदै आइरहेको छ । बिद्यालयले यसै वर्षदेखि कम्प्युटर साइन्सको पनि पढाइ शुरु गर्न लागेको छ ।

प्रकाशित मिति २०८३ बैशाख २६ गते शनिवार ०५:३३
प्रतिक्रिया दिनुहोस्