एसियाली खेलकुदअघि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण

एसियाली खेलकुदअघि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण
२०८३ साउन १४ गते बिहिबार ०६:४३

पोखरा,साउन १४/ जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी खेलाडि,प्रशिक्षक,टिम म्यानेजर,अफिसियल र जजको लागि काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । नेपाल ओलम्पिक कमिटी एनओसी सँगको सहकार्यमा...

पोखरा,साउन १४/ जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी खेलाडि,प्रशिक्षक,टिम म्यानेजर,अफिसियल र जजको लागि काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । नेपाल ओलम्पिक कमिटी एनओसी सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी नेपाल (एनओए) ले आगामी सेप्टेम्बर र अक्टोबरमा हुने एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न खेलाडी, प्रशिक्षक, अफिसियललगायत सबैका लागि सुरक्षा सचेतना अपरिहार्य रहेको बताएका थिए । उनले प्रत्येक खेलाडीले आफ्नो व्यक्तिगत सुरक्षा, अनुशासन र अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी हुनु आवश्यक भएकाले यस्तो सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।अभिमुखीकरणमा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यद्धय प्रतिभा जोशी र डा प्रमिला थापाले सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए । उनिहरुले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीडन र दुव्र्यवहारको रोकथाम, खेलाडीहरूको अधिकार र कल्याणको संरक्षण र सुरक्षित खेलकुद वातावरण प्रवद्र्धन खेलाडी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको सामूहिक जिम्मेवारीमाथि छलफल गरेका थिए ।

कार्यक्रममा एनओसीका सह महासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी एसियाली खेलकुदको लागि नेपालको सुरक्षा अधिकारीको नियुक्त गरिएको जानकारी पनि दिईएको थियो ।राष्ट्रिय खेलकुद परिषदका निदेर्शक,बिभागिय प्रमुखहरु पनि सहभागिता रहेको कार्यक्रमको पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, आर्चरी कबड्डी र टेबल टेनिसका प्रशिक्षक, प्रबन्धक र खेलाडीहरूको उपस्थिति रहेको थियो । दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधि सहभागी थिए । एनओसीका अनुसार बाँकी खेलका लागि पनि यस्तै सत्र सञ्चालन गरिनेछ ।एनओसीले यस अभिमुखीकरण कार्यक्रमको उदेश्य एसियाली खेलकुदमा प्रस्थान गर्नुअघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको जनाएको छ ।

प्रकाशित मिति २०८३ साउन १४ गते बिहिबार ०६:४३
प्रतिक्रिया दिनुहोस्