पचालझरना र भाङ्गे झरनालाई एउटै गीतमा समेट्दै नयाँ लोकदोहोरी सार्वजनिक बजारमा

पचालझरना र भाङ्गे झरनालाई एउटै गीतमा समेट्दै नयाँ लोकदोहोरी सार्वजनिक बजारमा
२०८३ साउन १८ गते सोमबार ०२:२८

पोखरा साउन १८ / नेपालको दुई प्रसिद्ध प्राकृतिक गन्तव्य कालिकोटको पचालझरना र रसुवाको भाङ्गे झरनालाई एउटै सिर्जनामा समेट्दै नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। प्रेम, बिछोड र पुनर्मिलनको भाव बोकेको गीतले देशका विभिन्न पर्यटकीय...

पोखरा साउन १८ / नेपालको दुई प्रसिद्ध प्राकृतिक गन्तव्य कालिकोटको पचालझरना र रसुवाको भाङ्गे झरनालाई एउटै सिर्जनामा समेट्दै नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ। प्रेम, बिछोड र पुनर्मिलनको भाव बोकेको गीतले देशका विभिन्न पर्यटकीय स्थललाई संगीतमार्फत जोड्ने प्रयास गरेको छ।

गीतमा बारम्बार दोहोरिने रसुवामा भाङ्गे झरनाू र कालिकोटमा पचालझरू भन्ने शब्दहरूले यी दुई जिल्लाका प्राकृतिक सम्पदालाई विशेष रूपमा उजागर गरेका छन्। साथै त्रिशूली, धुन्चे, गोसाइँकुण्ड, लाङटाङ लगायतका पर्यटकीय गन्तव्यको समेत उल्लेख गरिएको छ, जसले गीतलाई प्रेमकथासँगै पर्यटन प्रवर्द्धनको सन्देश दिने कृति बनाएको छ।

गीतका शब्दहरूमा प्रेमी–प्रेमिकाबीचको आत्मीयता, भेटघाटको चाहना र सुन्दर गन्तव्यहरूमा सँगै घुम्ने कल्पना प्रस्तुत गरिएको छ। आकर्षक संगीत, लोक लय र मन छुने शब्दले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

विशेषगरी कालिकोटको पचालझरना र रसुवाको भाङ्गे झरना जस्ता प्राकृतिक सम्पदालाई एउटै गीतमा समेटिनु स्थानीय पर्यटन प्रवर्द्धनका लागि पनि सकारात्मक प्रयासका रूपमा हेरिएको छ। संगीतप्रेमीहरूले यस्ता सिर्जनाले नेपालको ओझेलमा रहेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति २०८३ साउन १८ गते सोमबार ०२:२८
प्रतिक्रिया दिनुहोस्