पोखरा,मंसिर ५/ नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कास्कीको अध्यक्षमा दयाशंकर गौतम चयन भएका छन् । संघको शनिवार पोखरामा सम्पन्न भएको २०औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले गौतमलाई सर्बसम्मत रुपमा चयन गरेको हो । त्यस्तै संघको बरिष्ट उपाध्यक्षमा शक्ति वराल,उपाध्यक्षमा बल बहादुर कार्की,सचिवमा शुभास चन्द्र भण्डारी,त्यस्तै कोषाध्यक्षमा सुमन लामिछाने,सह–सचिवमा डोलनाथ शर्मा,सह–कोषाध्यक्षमा हिमाल ज्ञवाली, चयन हुदा सदश्यहरुमा नवराज पाण्डे, नारायण प्रसाद अर्याल ईन्दिरा गौतम,सुरेस लामिछाने,विदुर वास्तोला,मनोज कार्की,विमला उपाध्याय र प्रकाश भुर्तेल चयन भएका हुन् ।
यस अघि कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय का सचिव मोहन राज काफ्ले गरेका हुन् । कार्यक्रमा संघका अध्यक्ष नर बहादुर गुरुङ,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष शोभा गौतम,संघका केन्दीय उपाध्यक्ष प्रकाश रायमाझी,संघ गण्डकी प्रदेश अध्यक्ष विश्वराज अधिकारी,डिभिजन वन कार्यलय कास्की प्रमुख करुणा कार्की,फर्निचर तथा फर्निसिङ,ब्यवसायी संघ कास्कीका अध्यक्ष रामजी तिवारी,पोखरा स्टिल फेव्रिकेटस् एशोसियसनका अध्यक्ष वसन्त रेग्मी,संघ कास्कीका उपाध्यक्ष दयाशंकर गौतम,संघका पूर्व अध्यक्ष गोविन्द बहादुर थापा,माहासंघका कोषाध्यक्ष रेशम ज्ञवाली, लगाएतले नेपाल वन पैदावार संघको भूमिकाको बारेमा बोलेका थिए ।
कार्यक्रममा संघलाई सहयोग गरे वापत शिव प्रसाद पराजुली,गोविन्द बहादुर थापा,विक्रम सुनार लाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमा प्रमुख अतिथि गण्डकी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका सचिव मोहन राज काफ्ले वन पैदावार उद्योगि व्यवसायी संघ कास्कीले गरेका कामको प्रशंसा गरे उनले वन संरक्षणमा पैदावार कास्कीले खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । त्यस्तै उनले संघलाई आवश्यक सहयोग र सहकार्य सगैँ आगामी दिनमा अगाडी वढने बताए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रेशम ज्ञवालीले वन पैदावारमा आधारित उद्योग व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका छन्। उनले वन पैदावार क्षेत्रले रोजगारी सिर्जना, स्थानीय स्रोतसाधनको उपयोग तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस क्षेत्रका व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि राज्यले स्पष्ट र व्यावहारिक नीति ल्याउनुपर्ने धारणा राखे।संघका अध्यक्ष नरबहादुर गुरुङको अध्क्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शक्ति वरालले गरेका हुन् ।
















