३८ वर्ष लामो निजामती सेवापछि वन निर्देशक अशोक कुमार श्रेष्ठ अनिवार्य अवकाशमा

३८ वर्ष लामो निजामती सेवापछि वन निर्देशक अशोक कुमार श्रेष्ठ अनिवार्य अवकाशमा
२०८३ मङ्सिर १० गते बुधबार ११:२३

पोखरा पोखरा,मंसिर ९ / वन निर्देशक अशोक कुमार श्रेष्ठ ३८ वर्ष लामो निजामती सेवा पूरा गरी अनिवार्य अवकाशमा हुनुभएको छ। पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयबाट निजामती सेवामा प्रवेश गर्नुभएका श्रेष्ठले वि.सं. २०४५ साल वैशाख ५ गते...

पोखरा पोखरा,मंसिर ९ / वन निर्देशक अशोक कुमार श्रेष्ठ ३८ वर्ष लामो निजामती सेवा पूरा गरी अनिवार्य अवकाशमा हुनुभएको छ। पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयबाट निजामती सेवामा प्रवेश गर्नुभएका श्रेष्ठले वि.सं. २०४५ साल वैशाख ५ गते वन अधिकृत पदमा स्थायी नियुक्ति प्राप्त गरी सरकारी सेवाको यात्रा सुरु गर्नुभएको थियो। करिब चार दशक लामो सेवा अवधिमा उहाँले विभिन्न जिल्ला तथा निकायमा रहेर वन क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो।वि.सं. २०६० साल माघ ३ गते उपसचिव पदमा बढुवा हुनुभएका श्रेष्ठले पछिल्लो समय निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

वि.सं. २०८३ साल मंसिर ८ गते ५८ वर्ष उमेर पूरा गर्नुभएसँगै उहाँ निजामती सेवाको नियमित जिम्मेवारीबाट अनिवार्य अवकाशमा हुनुभएको हो।स्थायी ठेगाना नवलपुरको देवचुली नगरपालिका–१५ रहनुभएका श्रेष्ठले आफ्नो ३८ वर्ष लामो सेवाकालमा वन प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।उहाँको लामो राष्ट्रसेवाप्रति उच्च सम्मान व्यक्त गर्दै अवकाशपछिको जीवन सुखमय, स्वस्थ, दीर्घायु र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित मिति २०८३ मङ्सिर १० गते बुधबार ११:२३
प्रतिक्रिया दिनुहोस्