मन्त्रालयको गाडीभित्रै दुई पुरुष एक महिला निर्वस्त्र

मन्त्रालयको गाडीभित्रै दुई पुरुष एक महिला निर्वस्त्र
२०७८ असार २५ गते शुक्रबार ०६:५३

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको...

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यौन क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०७८ असार २५ गते शुक्रबार ०६:५३
प्रतिक्रिया दिनुहोस्