बुर्तिबाङ- गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङ्गे ढोरपाटन नगरपालिका ८ सेरावाङ बोवाङमा आईपुग्नु भएको छ ।
बागलुङ जिल्ला तेक्वान्डो आई.टि एफ संघको आयोजनामा सेराबाङ बोवाङमा राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश आईटीएफ तेक्वान्डो र दोस्रो बागलुङ जिल्ला आईटीएफ तेक्वान्डो प्रतियोगिता यहि असोज ८ र ९ गते आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रदेशका खेलकुद मन्त्री दिपक मनाङ्गे द्धारा कार्यक्रमको उद्धघाटन गरिएको छ । मन्त्री मनाङ्गे हेलिकप्टर मार्फत दिउँसो ढोरपाटन आउनु भएको हो । कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा,निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल,जनप्रतिनिधि,विभिन्न पाटीका नेता,समाजसेवी,खेलाडी,पत्रकार लगायत स्थानियहरुको व्यापक सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्











