ढोरपाटन नगरपालिकाद्धारा पाँच लाख सहयोग
सिएचआइटिएफ तेक्वान्दोको राष्ट्रिय प्रतियोगीता आगामी कार्तिक २६ र २७ गते बुुर्तिबाङमा आयोजना गरिएको छ । तेक्वान्दो संघका केन्दिय अध्यक्ष कुशल बुढाले बुधबार आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा कार्यक्रमको विषयमा जानाकारी गराइएको थियो ।
स्पाएरिङ, ब्रेकिङ, प्याटन र डेमोस्ट्रेशन गरि चार विधामा आयोजना हुने छैठौं राष्ट्रियमा नेपालमा सातवटै प्रदेशबाट ५ सय भन्दा बढी प्रतियोगीहरुको सहभागीता रहने अध्यक्ष बुढाले पत्रकार भेटघाटमा जानाकारी गराउनुभयो ।
करिव १५ लाख रुपैयाँ अनुमानित खर्च हुने बताउँदै अध्यक्ष बुढाले, विभिन्न सहयोगीहरुसँग प्रस्तावना प्रदान गरिएको बताउनुभयो । पहिलो चरणमा ढोरपाटन नगरपालिकाबाट रु ५ लाख कार्यक्रमका लागि सहयोग हुने नगर प्रमुख देवकुमार नेपालीले प्रतिवद्धता जनाउनुभएको बताउनुभयो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा प्रतियोगीता आयोजना गरिएकाले नगरप्रमुख नेपाली नै कार्यक्रमको प्रमुख अतिथि रहने अध्यक्ष बुढाले जानाकारी दिनुभएको छ ।










