बागलुङको बुर्तिबाङमा आयोजित ताराखेल प्रतियोगीतामा ग्रिन गार्डेन स्पोर्टस क्लव पोखरा प्रथम

बागलुङको बुर्तिबाङमा आयोजित ताराखेल प्रतियोगीतामा ग्रिन गार्डेन स्पोर्टस क्लव पोखरा  प्रथम
२०७८ कार्तिक ६ गते शनिवार ०९:४५

बागलुङ जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ स्थित बुर्तिबाङ आर्चरी क्लवको आयोजनामा बुधबारदेखि बुर्तिबाङ बजारको थकाली सेवा समाज भवनमा ताराखेल प्रतियोगीता शुक्रबार सकिएको छ । शुक्रबार बिहान देखि समुहगत प्रतियोगीता सुरु...

बागलुङ जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ स्थित बुर्तिबाङ आर्चरी क्लवको आयोजनामा बुधबारदेखि बुर्तिबाङ बजारको थकाली सेवा समाज भवनमा ताराखेल प्रतियोगीता शुक्रबार सकिएको छ ।

शुक्रबार बिहान देखि समुहगत प्रतियोगीता सुरु भएको थियो । ७ समुहको सहभागीता रहेको प्रतियोगीतामा ग्रिन गार्डेन स्पोर्टस क्लव पोखरा प्रथम, बुर्तिबाङ आर्चरी क्लव द्धितिय र ब्लु गार्डेन स्पोर्टस क्लव पोखरा तृतिय भएका छन् ।

समुहगत प्रतियोगीतामा प्रथम हुनेले नगद रु ७५ हजार कप मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद ५० हजार कप मेडल र प्रमाणपत्र र तृतिय हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

शुक्रबार सबै प्रतियोगिता सकिएको भए पनि आज औपचारिक रुपमा पुरस्कार वितरण गरिने क्लवका अध्यक्ष हेमेन्द्र शेरचनले जानाकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ कार्तिक ६ गते शनिवार ०९:४५
प्रतिक्रिया दिनुहोस्