पोखराको मेयरमा गठबन्धनविरुद्ध कांग्रेस नेताको वागी उम्मेदवारी

पोखराको मेयरमा गठबन्धनविरुद्ध कांग्रेस नेताको वागी उम्मेदवारी
२०७९ बैशाख ११ गते आईतबार ०२:२१

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता...

पाेखरा : पाँच दलीय गठबन्धनको तर्फबाट माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भाग पाएको पोखरा महानगरपालिकामा कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दर्ता भएको छ। कांग्रेस नेता विमलबहादुर कार्कीले महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेका हुन्।

सभापति शेरबहादुर देउवाले पोखरा महानगर समाजवादीलाई दिएपछि कांग्रेसमा तीव्र असन्तुष्टि छ। उम्मेदवारी दिएपछि नेता कार्कीले पार्टी सिन्डिकेट लगाएपछि विद्रोह गर्न बाध्य भएको टिप्पणी गरे।

उनले भने, ‘शेरबहादुरजी मकवानपुरमा गाई, चितवनमा हँसिया हथौडा, अहिले कमललाई भोट हाल भन्नुहुन्छ। पार्टीमा मेरो विद्रोह हो। रुखमा भोट हाल्दा कारवाही गरे म कारवाही भोग्न तयार छु।’

दलीय व्यवस्थामा मिलेर जान नहुने उनको भनाइ छ। पार्टी हितविपरीत भएकाले आफूलाई भन्दा पहिला देउवालाई कारवाही गर्नुपर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति २०७९ बैशाख ११ गते आईतबार ०२:२१
प्रतिक्रिया दिनुहोस्