रोचक छ – असल राजनीतिक संस्कारको खडेरी परेको मुलुकको एउटा विशेषता हो, जसजति आफैं लिने, अपजसजति अरूलाई दिने । प्रधानमन्त्री ओलीको व्यवहारले पनि यही प्रतित गराउँछ । आजभोली प्रधानमन्त्री केपी शर्मा ओली राति १२ बजेसम्म निदाउनु हुन्न रे । उनी निकट नेताहरुको भनाई यस्तै छ । देश कोरोना भाइरसको आतंकले भयावित हुँदा प्रधानमन्त्रीको निद्रा हराउनुका कारण भने सरकार कसरी जोगाउने होला भन्ने चिन्ताले हो । किनकि अस्पताल बाहिर शैय्याको पालो कुरिरहेका संक्रमितहरुको चीत्कार जति कारूणिक र हृदयविदारक छ, प्रधानमन्त्री ओलीको कुर्सी जोगाउने चीत्कार पनि उत्तिकै दर्दनाक छ । विपक्षीहरुको महागठबन्धनले सरकारको आयु सकिदै गएका बेला ओलीको सम्पूर्ण ध्यानसत्ताको खेलमा छ । महामारीविरुद्ध लड्न सबैको विश्वास जितेर प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका लिनुपर्ने थियो । तर, उनी ठिक उल्टो बाटोमा छन् । त्यसैले उनी निदाउन सकेेेका छैनन।









