पोखराको न्युरोडमा स्कर्पियोले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु , अर्की घाइते

पोखराको न्युरोडमा स्कर्पियोले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु , अर्की घाइते
२०८१ मङ्सिर २५ गते मङ्गलबार ०९:२२

पोखरा । पोखरामा सोमबार साँझ स्कर्पिओ गाडीले ठक्कर दिंदा स्कुटर चालक युवतीको निधन भएको छ भने एक जना घाइते भएका छन् । पोखराको न्युरोडमा बा.१३च २५७५ स्करपियो जिपले ग१८प ४९११ नम्बरलाई ठक्कर दिंदा स्कुटर चालक युवतीको निधन भएको हो।...

पोखरा । पोखरामा सोमबार साँझ स्कर्पिओ गाडीले ठक्कर दिंदा स्कुटर चालक युवतीको निधन भएको छ भने एक जना घाइते भएका छन् ।

पोखराको न्युरोडमा बा.१३च २५७५ स्करपियो जिपले ग१८प ४९११ नम्बरलाई ठक्कर दिंदा स्कुटर चालक युवतीको निधन भएको हो। मृत्यु हुनेमा कास्की जिल्लाको रुपा गाउपालिका वडा नम्बर ४ माउडांडा निवासी अन्दाजी २० वर्षीया प्रतिक्षा सिंह रहेको प्रहरीले जानकारी दिएको छ। उक्त स्कुटरको पछाडी बस्ने सोहि गाउपालिकाको देउराली बस्ने १९ वर्षीय अस्मिता बसौला घाइते भएकी छिन ।

स्कर्पियो चालक पुतलीबजार नगरपालिका वडा नम्बर ४ निवासी भविन्द्र गौतमलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अत्यधिक तीब्र गतिमा रहेको उक्त स्कर्पियोले गलत तरीकाले रोड क्रस गर्न खोज्दै गरेको अबस्थामा स्कुटरलाई ठक्कर दिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रकाशित मिति २०८१ मङ्सिर २५ गते मङ्गलबार ०९:२२
प्रतिक्रिया दिनुहोस्