पोखरा २७, मंसिर/ पोखराको वडा नम्बर १५ मा रहेको हार्वड एकेडेमीमा आउदो मंसिर २९ र ३० गते हार्वड खुल्ला स्क्रयाबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । स्क्रयाबल खेल शब्द बनाउने खेल हो ।स्क््रयाबल क्लवको प्राविधिक सहयोगमा दुई दिन सम्म संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको विहिबार बिद्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा १२ बिभिन्न जिल्लाका १ सय जना खेलाडीहरु सहभागि हुने भएको बिद्यालयका प्रधानाध्यापक श्रीकृष्ण अधिकारीले बताउनुभयो । प्रतियोगिता विभिन्न उमेर समुह यू—१२, यू—१४, यू—१६ र यू—१८ को इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको अधिकारीले उल्लेख गर्नुभयो। सहभागि हुनेहरुमा कास्कीबाट ४५ र बाहिरि जिल्लाबाट ५५ जना रहेको अधिकारीले जनाउनुभयो ।
प्रतियोगिताको बिजेताले १० हजार त्यस्तै उमेर समुहको बिजेताले ३ हजार रुपैँया ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको आयोजकले उल्लेख गरेको छ । । स्क््रयाबल क्लवको सहकार्यमा हुने प्रतियोगितामा खेलाडीहरु आवासिय सहित दर्ता गर्दा प्रति खेलाडी २ हजार ५ सय र खाना सहितको दर्ता गर्दा भने १ हजार २ सय रुपैया शुल्क निर्धारण गरिएको कार्यक्रम संयोजक एब्म स्क््रयाबल क्लबका सह–कोेषध्यक्ष नबिन पन्तले जानकारी दिनुभयो ।
बिद्यार्थीहरुको लागि नेपाली तथा अग्रेंजी भाषाको विकासको लागि उक्त खेल महत्वपूर्ण हुने प्रधानाध्यापक अधिकारीले जनाउनु भयो । उक्त खेललाई आफुहरुले प्याब्सन कास्कीमा समेत समेट्ने प्रयास गरेको उहाँले जनाउनु भयो । उक्त कार्यक्रम सम्पन्न गर्न करिब १० लाख ६० हजार खर्च लाग्ने संयोजक पन्तले खुलाउनुभयो । स्क्रयाबल क्लव नेपालको पहिलो र एकमात्र शव्दसञ्जाल खेलको आधिकारिक संस्था हो । अँग्रेजीका अतिरिक्त नेपाली र गणितका स्क््रयाबलहरु पनि तयार गरी प्रयोगमा ल्याएको यस क्लवले आयोजना गरेका विभिन्न कार्यक्रमहरू यसै क्लवको फेसवुक ग्रुप तथा व्लगबाट समेत सार्वजनिक छन् । यसको सम्पर्क कार्यालय पोखरा सार्वजनिक पुस्तकालय वा अमेरिकन कर्नर पोखरा रहेको छ ।
प्रतियोगिता संचालनको लागि सिमित बोर्ड हाल करिब ५० वटा र गोटी समेत कम भएकोले गर्दा चाहेर पनि दुई दिनको खेलमा १ सय जना भन्दा बढी सहभागि गराउन नसकिने भएको क्लवका अध्यक्ष केशवप्रसाद पराजुलीले बताउनुभयो । विश्वका १ सय २० भन्दा बढी देशमा ४ हजार भन्दा बढी क्लवहरूको संयोजनमा २० भन्दा बढी भाषाहरूमा खेलिने स्क््रयाबल हाल नेपालमा भने ४० भन्दा बढी जिल्लाहरूमा यो खेल परिचित भैसकेको आयोजकले जनाएको छ ।










