पोखरामा सम्पन्न महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबलाई

पोखरामा सम्पन्न महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबलाई
२०८१ मङ्सिर ३० गते आईतबार ०८:५१

पोखरा महानगर २३ वाम्दीर्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । आइतबार भएको फाइनल खेलमा शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो...

पोखरा महानगर २३ वाम्दीर्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । आइतबार भएको फाइनल खेलमा शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदैँ धादिङले प्रतियोगिता जितेको हो ।
धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकाल्यो ।
जितसगै धादिङले नगद एक लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगितामा धादिङकी रिमा कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । यस्तै धादिङकै आशिका क्षेत्री उत्कृष्ट स्पाइकर, रिता बोहोरा उत्कृष्ट सेटर, रस्मीता दुरा उत्कृष्ट डिफेन्डर र विरु लामा उत्कृष्ट कोच घोषित भइन । शान्त भलिबलका श्रृष्टी खत्री र अन्जना खड्का क्रमस उत्कृष्ट सर्भर र उत्कृष्ट मिडफिल्डर धोषित भए । सात विधामा उत्कृष्ट धोषित भएकाले १÷१ थान भलिबल पुरस्कार पाए ।
सेमिफाइनलमा धादिङले गुरुकुल विद्या सदन, नयाँबजार पोखरालाई हराएर फाइनल यात्रा तय गरेको थियो । भने शान्त भलिबलले एलिट भलिबल एकेडेमी, पोखरालाई हराएर फाइनलमा पुगेको थियो ।
सेमिफाइनलबाट बाहिरिएका गुरुकुल र एलिटले नगद १५÷१५ हजार पुरस्कार पाए ।
नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको थियो । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा प्रतियोगिता भएको हो । समापन कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रदेश सभा सदस्य भक्तबहादुर कुँवर, पोखरा महानगरपालिका २३ का कार्यवाहक अध्यक्ष तेजबहादुर क्षेत्री लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सचिव धनश्याम पराजुलीको संचालनमा भएको थियो ।

प्रकाशित मिति २०८१ मङ्सिर ३० गते आईतबार ०८:५१
प्रतिक्रिया दिनुहोस्