गएराती पामेबाट फर्किदै गरेको कार फेवातालमा खस्यो : तीन जना घाइते

गएराती पामेबाट फर्किदै गरेको कार फेवातालमा खस्यो : तीन जना घाइते
२०८१ पुस ११ गते बिहिबार ०९:१९

गएराती पोखराको फेवातालमा निजि कार खस्दा तीन जना घाइते भएका छन्। पामेबाट लेकसाइडतिर आउंदै गरेको ग२च ३३९६नम्बरको कार बिहान करीब साढे २ बजेको समयमा पोखरा ६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खस्दा तीन जना घाइते भएका हुन। मादक पदार्थ...

गएराती पोखराको फेवातालमा निजि कार खस्दा तीन जना घाइते भएका छन्। पामेबाट लेकसाइडतिर आउंदै गरेको ग२च ३३९६नम्बरको कार बिहान करीब साढे २ बजेको समयमा पोखरा ६ गैरीचौतारास्थति सडकबाट फेवातालमा खस्दा तीन जना घाइते भएका हुन।

मादक पदार्थ सेवन गरेका कार धनी एबम कार चालक पोखरा महानगरपालिका वडा नम्बर १२ हस्पिटल चोक बस्ने वर्ष २९ को सुबाश गुरुङले कारको नियन्त्रण गुमाउँदा कार तालमा खसेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा कार चालक गुरुङसहित अन्य दुई जना पनि सामान्य घाइते भएका छन्।

राती तालमा खसेको उक्त कारलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले क्रेन लगाएर तालबाट बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ।

स्मरण रहोस , पामे क्षेत्रमा यति बेला अन्तररास्ट्रिय हट एयर बेलुन महोत्सब चलिरहेको छ।

प्रकाशित मिति २०८१ पुस ११ गते बिहिबार ०९:१९
प्रतिक्रिया दिनुहोस्