पोखरा फागुन १४/ बेटर होम एप्लाइन्सेसको उत्पादनमा रहेको सामान खरिद गर्दा पोखराकोे नयाँबजारका गणेश रानाले इनभटर ए.सि उपहार जित्न सफल भएका छन् । उक्त ए.सिको हाल बजार मुल्य १ लाख रुपैया रहेको छ ।
उक्त उपहार रवि एण्ड सन्नी इन्डष्टीज प्रालिका प्रमुख बिनोद गुप्ता, युनाइटेड क्लबका पदादिकारी लगाएतले संयुक्त रुपमा हस्तारन्तर गरेका हुन् ।
गएको पुस २५ देखि माघ ७ गते सम्म सञ्चालन भएको १३ औँ पोखरा महोत्सवको मुख्य प्रयोजको रुपमा रहेको बेटरले उक्त महोत्सवमा स्टल राखेर बेटरका सामान बिक्रि गरेको र सोहि अवसरमा सामान खरिद गरेका रानाले उपहार जित्न सफल भएको शनिवार अयोजित कार्यक्रम मार्फत जानकारी दिइएको ।
यस्तै दोस्रो उपहार सायरा लामिछानेले प्राप्त गरे उनले बेटरको गिजर र चिम्नी जित्न सफल भए भने तेस्रो उपहार तलिस तामाङ हात पारे उनले बेटरको हव चुलो जित्न सफल भएको बेटरका सेल्स प्रमुख टिकाराम शर्माले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बेटरका प्रमुख बिनोद गुप्ताले बेटरले ग्राहको चाहाना अनुसारको सामान उत्पादन गर्दैै आइरहेको बताए। उनले बेटरका समान गुणस्तरीय रहेको बताउदै ढुक्क भएर किन्न आग्रह गरे ।
कार्यक्रममा रवि एण्ड सन्नी इन्डष्टीज प्रालिका डाइरेक्टर सन्नी रौनियार, युनाइटेड क्लबका पुर्व अध्यक्ष राजु श्रेष्ठ, अध्क्षय लोक बहादुर थापा पोखरा भाडा ब्यवसायी समितिका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी,पुर्व अध्यक्ष नरेन्द्रराज आर्चाय लगाएतले बोलेका थिए ।
पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्टीज प्रालिले बिगत लामो समय देखि घरायसि प्रयोगमा प्रयोग हुने समान उत्पादन सगैँ बिक्रि गर्दै आइरहेको छ ।










