बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
२०८१ चैत १२ गते बुधबार ०६:४१

काभ्रेमा बाबुले चलाएको गाडीले किचेर छोरीको मृत्यु भएको छ। सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ घर भई हाल काभ्रेको बनेपा नगरपालिका ४ बस्ने वर्ष ३० को सरोज बरालले गाडी ब्याक गर्ने क्रममा आफ्नै छोरी अन्दाजी वर्ष ४ की समीक्षा बरालको...

काभ्रेमा बाबुले चलाएको गाडीले किचेर छोरीको मृत्यु भएको छ।

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ घर भई हाल काभ्रेको बनेपा नगरपालिका ४ बस्ने वर्ष ३० को सरोज बरालले गाडी ब्याक गर्ने क्रममा आफ्नै छोरी अन्दाजी वर्ष ४ की समीक्षा बरालको ज्यान गएको हो।

बनेपा नगरपालिका– ४ त्रिवेणीचोकमा रहेको शुभकामना सप्लायर्स (गिटी वालुवा) डिपो भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडीले ठक्कर दिएपछि घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा उपचारको क्रममा अस्पतालमा मृत्यु भएको घोषणा गरेको थियो।

प्रहरीले उक्त गाडि इप्रका बनेपामा ल्याई राखेको छ भने घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०६:४१
प्रतिक्रिया दिनुहोस्