लायन्स क्लव अफ पोखरा कालिका भ्यु टाउनको जुलाई महिनाको नियमित वृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ पोखरा कालिका भ्यु टाउनको जुलाई महिनाको नियमित वृक्षरोपण कार्यक्रम सम्पन्न
२०८३ असार २७ गते शनिवार १२:०२

पोखरा। लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउन (LCP Kalika View Town) ले जुलाई महिनाको नियमित वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। विश्वकर्मा सेवा समाज, पोखरा–७ मा आयोजित उक्त कार्यक्रममा Zone 33 का Zone Chairperson ला. पेमाडोमा सेर्पाको विशेष...

पोखरा। लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउन (LCP Kalika View Town) ले जुलाई महिनाको नियमित वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

विश्वकर्मा सेवा समाज, पोखरा–७ मा आयोजित उक्त कार्यक्रममा Zone 33 का Zone Chairperson ला. पेमाडोमा सेर्पाको विशेष उपस्थिति रहेको थियो। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

लायन वर्ष २०२६/२७ का अध्यक्ष ला. अन्जीता दियालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव ला. लक्ष्मण भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू (Past Presidents), PVST तथा क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वृक्षरोपण अभियानमार्फत वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्‍याउने तथा हरियाली विस्तार गर्ने उद्देश्यलाई आत्मसात् गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

क्लबले आगामी दिनहरूमा पनि सामाजिक सेवा, वातावरण संरक्षण तथा समुदायमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै “Unity for Humanity” को भावनाअनुसार विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति २०८३ असार २७ गते शनिवार १२:०२
प्रतिक्रिया दिनुहोस्