पोखरा । पोखराको छोरेपाटनबाट लागूऔषध सहित ३ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१७ छोरेपाटनमा लागू औषध कारोवार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले चैत ०६ गते बेलुकाको समयमा म्याग्दी जिल्ला स्थाई वतन भई हाल कास्की जिल्ला पोखरा म.न.पा. वडा न.११ रानिपौवा बस्ने २६ वर्षीय एलिना सोतोन्जा पुन, कास्की जिल्ला माछापुच्छ्रे गा.पा. वडा नं.०३ बस्ने ४१ बर्षको सार्जन गुरुङ र पोखरा म.न.पा. वडा नं. ६ बस्ने ३० बर्ष को सुजन गुरुङलाई पक्राउ गरेको हो ।
खानतलासी गर्दा उनिहरुको साथबाट कालो झोलामा लुकाई छिपाई राखेको लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाईजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुल गरी जम्मा ४२९ एम्पुल र मोवाईल ४ थान बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
उनिहरुलाई पक्राउ गरि नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात (७) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएका छन् । पक्राउ व्यक्ति तथा बरामद सामानको फोटो :-










