बस र म्याजिक भ्यान ठोक्किँदा म्याजिक भ्यान चालकको मृत्यु

बस र म्याजिक भ्यान ठोक्किँदा म्याजिक भ्यान चालकको मृत्यु
२०८१ चैत १४ गते शुक्रबार १०:३६

मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट...

मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नंम्बरको म्याजिक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षिय सन्देश कोईरालाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार १०:३६
प्रतिक्रिया दिनुहोस्