राजावादीको प्रदर्शन हिंस्रक भएपछि प्रशासनले लगायो काठमाडौंका केही क्षेत्रमा कर्फ्यू

राजावादीको प्रदर्शन हिंस्रक भएपछि प्रशासनले लगायो काठमाडौंका केही क्षेत्रमा कर्फ्यू
२०८१ चैत १४ गते शुक्रबार ०४:२७

राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ । प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले...

राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ ।

प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्याएका हुन् ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०४:२७
प्रतिक्रिया दिनुहोस्