पोखरामा खराब मौसमको असर : छेन्दुबाट पोखरामा हुने उडान रद्द

पोखरामा खराब मौसमको असर : छेन्दुबाट पोखरामा हुने उडान रद्द
२०८१ चैत २५ गते मङ्गलबार ०९:४९

खराब मौसमका कारण छेन्दुबाट पोखराका लागि आज हुने भनिएको उडान रद्द गरिएको छ । मौसम अहिले निकै खराब छ । तुवाँलोका कारण नजिकैको दृश्य पनि देखिँदैन । जसका कारण पोखराबाट हुने उडान र पोखरामा हुने अवतरण समेत दैनिक प्रभावित भइरहेको छ । चीनको...

खराब मौसमका कारण छेन्दुबाट पोखराका लागि आज हुने भनिएको उडान रद्द गरिएको छ । मौसम अहिले निकै खराब छ । तुवाँलोका कारण नजिकैको दृश्य पनि देखिँदैन । जसका कारण पोखराबाट हुने उडान र पोखरामा हुने अवतरण समेत दैनिक प्रभावित भइरहेको छ ।

चीनको छेन्दुबाट मंगलबारका लागि सिचुआन जहाजले उडान भर्दै थियो । छेन्दुबाट पर्यटक लिएर पोखरा आउने र पोखरामा रहेका चिनियाँ पर्यटक लिएर जाने मंगलबारको तालिका थियो । उक्त उडान मौसम सफा भए २७ गते हुने एयरलाइन्स कम्पनीले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत २५ गते मङ्गलबार ०९:४९
प्रतिक्रिया दिनुहोस्