इस्माली समाज, यूएईको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न, मानबहादुर कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन
दुबई, यूएई। यूएईमा रहेका इस्माली समुदायलाई एकताबद्ध, संगठित तथा सामाजिक सेवामुखी संस्थाका रूपमा स्थापित गर्ने उद्देश्यले गठन गरिएको इस्माली समाज, यूएईको प्रथम ऐतिहासिक अधिवेशन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि मानबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनमा नेपाल एशोसिएसन (एनआरएनए एनसीसी यूएई) का अध्यक्ष भीम मल्ल ठकुरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा यूएईस्थित विभिन्न नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा इस्माली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन इस्माली समाज, यूएईका महासचिव मनोज ज्ञवालीले गरेका थिए। दीप प्रज्वलनबाट शुभारम्भ गरिएको कार्यक्रममा शान्ति, सद्भाव र समृद्धिको कामना गरिएको थियो। त्यसपछि गुल्मेली भजन टोलीले मादलसहित प्रस्तुत गरेको भजनले कार्यक्रमलाई धार्मिक तथा सांस्कृतिक वातावरण प्रदान गरेको थियो।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, महिला सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, प्रवक्ता, सदस्य तथा सल्लाहकार मण्डलसहितको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमिति (२०२६–२०२८):
अध्यक्ष – मानबहादुर कुँवर
उपाध्यक्ष – रबिन बस्नेत
महिला उपाध्यक्ष – राधिका बिष्ट
महासचिव – मनोज ज्ञवाली
प्रवक्ता – सुनील थापा
सचिव – पेम जी.सी.
महिला सचिव – कमला कुँवर
कोषाध्यक्ष – हरि बिष्ट
सह–कोषाध्यक्ष – दीपक कुँवर
सदस्यहरू:
शंकर बस्नेत, हिरा बहादुर कुँवर, सिता बस्नेत, कपिल खत्री, सुरज खड्का, रञ्जिता कुँवर, माया कुँवर, बाबुराम विश्वकर्मा, इन्दु बिष्ट, माधव खनाल, मीना थापा तथा चन्द्रबहादुर महत।
सल्लाहकार मण्डल:
धनबहादुर जी.सी., विनय खत्री, सञ्जय खड्का, कमला थापा तथा प्रकाश खत्री।
नवनिर्वाचित अध्यक्ष मानबहादुर कुँवरले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थाको संस्थागत विकास, सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, संस्कृति संरक्षण तथा प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन्।
कार्यक्रममा सहभागी अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै यूएईस्थित इस्माली समुदायको हित, सामाजिक एकता र सेवामूलक अभियानमा संस्थाले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
विभिन्न सांस्कृतिक प्रस्तुति, अनुशासित सहभागिता तथा उत्साहपूर्ण वातावरणबीच सम्पन्न भएको यस अधिवेशनले “एकता, सद्भाव र सहकार्य हाम्रो पहिचान” भन्ने मूल नारालाई आत्मसात गर्दै इस्माली समाज, यूएईको संस्थागत यात्रामा नयाँ अध्यायको सुरुवात गरेको विश्वास गरिएको छ।










