माउन्ट अन्नपूर्ण माविद्धारा कक्षा १२ का बिद्यार्थीलाई बिदाई

माउन्ट अन्नपूर्ण माविद्धारा कक्षा १२ का बिद्यार्थीलाई बिदाई
२०८१ चैत २६ गते बुधबार ०५:१९

पोखरा चैत २७ / पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई बुधबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई...

पोखरा चैत २७ / पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई बुधबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनिहरु बिद्यालयको हिस्सा भएको बताए । उनले आगामि दिनहरुमा पनि बिद्यार्थीहरु सगँ सहकार्य गर्ने बताउदै उज्जवल भविष्यको कामना गरे । विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले बिद्यार्थीले गरेको सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताए । कक्षा ११ का विद्यार्थीे छात्रा एड्रिना गुरुङले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताइन् । बिदाई कार्यक्रममा बिद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, एकेडेमिक डाइरेक्टर अशोक कुमार शाहि,पुर्व अध्यक्ष चिजकाजि गुरुङ,प्रशासक चित्र गुरुङ लगायतले विद्यार्थीलाई विदाई गरेका थिए । उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए ।

प्रकाशित मिति २०८१ चैत २६ गते बुधबार ०५:१९
प्रतिक्रिया दिनुहोस्