वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते
२०८२ बैशाख ३ गते बुधबार ०८:४६

पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल...

पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन ।

हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् ।

गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ ।

प्रकाशित मिति २०८२ बैशाख ३ गते बुधबार ०८:४६
प्रतिक्रिया दिनुहोस्