अबैध लागू औषधसहित पोखराबाट दुई जना पक्राउ

अबैध लागू औषधसहित पोखराबाट दुई जना पक्राउ
२०८२ बैशाख १० गते बुधबार ०७:४५

पोखराबाट अबैध लागू औषध सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१० शिवशक्ति मार्गबाट अबैध लागू औषध सहित आइतबार पोखराबाट दुई जना पक्राउ परेका हुन्। पक्राउ...

पोखराबाट अबैध लागू औषध सहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.१० शिवशक्ति मार्गबाट अबैध लागू औषध सहित आइतबार पोखराबाट दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं. १० शिबचोक बस्ने वर्ष ३९ को राज नेपाली र सोही ठाउँका ४५ वर्षीय मिलन गुरुङ भन्ने राजेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) पांच सय मिलि ग्राम, लागूऔषध बुर्फिन नर्फिन २५ एम्पुल, डाईजापाम १३ एम्पुल र फेनेरागन १० एम्पुल गरी जम्मा ४८ एम्पुल र लागूऔषध गाँजा डेढ किलो र मोवाईल दुई थान समेत बरामद भएको पनि प्राप्त सनाचारमा उल्लेख छ।
अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ बैशाख १० गते बुधबार ०७:४५
प्रतिक्रिया दिनुहोस्