पोखरा । झन्डै साढे सात लाख रुपियाँ बराबरको सुनका गरगहना किनेर खातामा पैसा नभएको चेक दिने एक जना महिला पोखराबाट पक्राउ परेकी छिन्।
पोखरा महानगरपालिका वडा नं. १० स्थायी वतन भई पोखरा महानगरपालिका कै वडा नम्बर ३१ बागमारा बस्ने ४६ वर्षीय मनमाया थापा खातामा पैसा नभएको चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । अभियुक्त थापालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले १० गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १० गत बुधबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त थापाले पोखरा २ बाग्लुङ बसपार्कस्थित एक सुन पसलमा सुनका सिक्री, बल मुन्द्रा, मिनिहार, औंठी, पिन्जडा, हेन्ड चेन, बेरुवा औंठी समेत गरी अन्दाजी मूल्य सात लाख ५४ हजार रुपियाँ बराबरका सुनका गरगहना किनी लगेर खातामा पैसा नभएको बैंकको चेक काटी दिएर बेपत्ता भएकी प्रहरीले आरोप लगाएको छ।
उनै अभियुक्त थापाले पोखरा १० स्थायी वतन भई हाल पोखरा ३१ बागमारा बस्ने ७२ वर्षिय बृद्ध महिलालाई विवाहमा जानको लागि भन्दै ललाई फकाई गरेर झन्डै चार लाख ८७ हजार रुपियाँ बराबरको कालो माला एकथान, बेरुवा औंठी एकथान, र सादा औंठी- एकथान लिएर गएपछि सम्पर्कबिहीन भएको भन्दै प्रहरीमा उजुरी परेको प्रहरीले बताएको छ।
गरगहना दिनुहोला म भोलिनै फिर्ता दिन्छु भनी अन्दाजी मूल्य रु.४,८७,०००।– पर्ने (कालो माला-१ थान, बेरुवा औंठी– १ थान, सादा औंठी- १ थान) दिएको र
.
अभियुक्त थापाबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।










