बागलुङ नगरपालिका वडा नं. ३ मा विवाह भोजमा सहभागि ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार उनीहरुमा कोरोना पुष्टि भएको हो ।
एक साताअघि विवाह भोजमा सहभागि भएकाहरुमा कोरोनासँग मिल्दाजुल्दा लक्षणसहित बिरामी परेपछि बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले स्वाब संकलन गरेको थियो । लक्षण देखिएका ५० जनाको स्वाब परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन देवप्रकास घिमिरेले जानाकारी दिनुभयो ।
अहिले सदरमुकाम बागलुङ बजार छेवैको गाउँभरि नै संक्रमण फैलिएको भन्दै स्थानीय त्रसिद भएका छन् । उक्त क्षेत्र शिल गर्ने बिषयमा छलफल चलिरहेको छ । संक्रमित देखिएकाहरु यतिवेला होम आईसोलेसनमै बसेका छन् । विवाह भोजमा सहभागी भएका र संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गरि परीक्षण गरिनुपर्ने स्थानीयको माग छ ।
परीक्षणबाट संक्रमण पुष्टिभएकाहरुलाई खोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षणहरु देखिएका छन् ।










