क्षत्री समाज नेपाल मादी गाउॅपालिका समिति कास्कीको पाचौ अधिवेशन तथा बार्षिक साधारण सभा सम्पन्न

क्षत्री समाज नेपाल मादी गाउॅपालिका समिति कास्कीको पाचौ अधिवेशन तथा बार्षिक साधारण सभा सम्पन्न
२०८२ माघ १४ गते मङ्गलबार ०९:४४

कास्की । क्षत्री समाज नेपाल मादी गाउॅपालिका समिति कास्कीको पाचौ अधिवेशन तथा बार्षिक साधारण सभा आज मिति २०८२ माघ १३ गते मंगलबार मादि गाउॅपालिकाको चित्रे गाउॅमा सम्पन्न भएको छ । क्षत्री समाज नेपाल मादी गाउॅपालिका समितिका अध्यक्ष...

कास्की । क्षत्री समाज नेपाल मादी गाउॅपालिका समिति कास्कीको पाचौ अधिवेशन तथा बार्षिक साधारण सभा आज मिति २०८२ माघ १३ गते मंगलबार मादि गाउॅपालिकाको चित्रे गाउॅमा सम्पन्न भएको छ ।

क्षत्री समाज नेपाल मादी गाउॅपालिका समितिका अध्यक्ष महेन्द्र भण्डारिज्यूको अध्यक्षतामा भयको पहिलो चरणको बैठकमा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश पश्चात अध्यक्ष महेन्द्र भण्डारीज्यूले आफनो अध्यक्षतामा गठित समितिलाई बिघटन गर्नु भएको थियो ।

दोस्रो चरणको अधिबेशन बैठकमा क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष दिल बहादुर अधिकारीज्यूको अध्यक्षतामा कास्कि जिल्ला समितिले मादी गाउॅपालिका समिति अधिवेशन सम्पन्नका लागि संयोजक तोकिनु भएका सन्दीप थापा ज्यूको संयोजनमा मादी ५ का रामजी थापाज्यूको अध्यक्षतामा उपाध्यक्ष सुर्य बहादुर के सी, सचिव गिता पहारि, कोषाध्यक्ष सुनिता रिमाल के सी, सदस्यहरु क्रमश रेखा के सी, सुर्य बहादुर थापा, पार्वति जि सी ज्यू सर्वसम्मत रुपमा चयन गरिएको छ ।

क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीका महिला उपाध्यक्ष अर्चना बस्नेत रोकाहाज्यूबाट मादी गाउॅपालिका समितिको नवगठित समिति पदाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भयको थियो भने जिल्ला समिति अध्यक्ष दिल बहादुर अधिकारीज्यूले नवगठित समितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै नवगठित समितिले समग्र मादि गाउॅ पालिकालाई समेटदै थप समिति पदाधिकारिहरु मनोनित गरि अगाडी बढन र उत्कृष्ठ गाउॅपालिकाका रुपमा स्थापित गराउने तर्फ लाग्नुहुन अनुरोध गर्नु भएको छ ।

सो कार्यक्रममा कास्की जिल्लाबाट, कोषाध्यक्ष सन्दीप थापा, जिल्ला सचिवालय सदस्य राम बहादुर क्षत्री, गणेश कूवॅर, लक्ष्मी के सी अधिकारी, निवर्तमान जिल्ला सह सचिव शेरजंग अधिकारी, जिल्ला सदस्य पार्वती बस्नेत, हिरा भण्डारीज्यूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति २०८२ माघ १४ गते मङ्गलबार ०९:४४
प्रतिक्रिया दिनुहोस्