अस्पताल सुदृढीकरण कोष स्थापना गर्दै गण्डकी प्रदेश सरकार

अस्पताल सुदृढीकरण कोष स्थापना गर्दै गण्डकी प्रदेश सरकार
२०८२ जेठ १५ गते बुधबार ०३:५६

पोखरा जेठ १४/ गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने भएको छ । कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् । प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत...

पोखरा जेठ १४/ गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले अस्पताल सुदृढीकरण कोष स्थापना गर्ने भएको छ । कोषमा प्रदेश सरकार मातहतका अस्पतालले वार्षिक आम्दानीको १५ प्रतिशत रकम जम्मा गर्नेछन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको अस्पताल व्यवस्थापन समितिको आर्थिक कार्यविधिले यो व्यवस्था गरेको हो । कार्यविधि आएपछि अस्पताल व्यवस्थापन समितिले अस्पतालको आम्दानीलाई आफूखुशी खर्च गर्न नपाउने स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । अस्पतालको वार्षिक कार्यक्रमलाई मन्त्रालयले स्वीकृत गरेपछि मात्र कार्यविधिमा टेकेर समितिले खर्च गर्न पाउने खबरमा उल्लेख छ ।

मन्त्रालय मातहत रहने अस्पताल सुदृढीकरण कोषको रकम प्रदेश अस्पताल र स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गरिने भएको हो । अस्पतालको आर्थिक अवस्था सुधारका साथै सुशासन कायम गर्न यो आर्थिक कार्यविधिलाई कडाइका साथ लागू गरिने मन्त्री पाठकले जनाए ।

मन्त्रालयका अनुसार अहिले गण्डकी प्रदेश मातहतका अस्पतालको वार्षिक आम्दानी झन्डै ६७ करोड रुपैयाँ रहेको छ । प्रदेशका १३ वटा अस्पताल स्तरोन्नति भएसँगै अस्पतालको आम्दानी थप बढ्ने छ ।

प्रकाशित मिति २०८२ जेठ १५ गते बुधबार ०३:५६
प्रतिक्रिया दिनुहोस्