नेपालमा भित्रियो मनसुन विस्तार हुन अझै केही दिन लाग्ने

नेपालमा  भित्रियो मनसुन विस्तार हुन अझै केही दिन लाग्ने
२०८२ जेठ १७ गते शुक्रबार ०५:०२

पोखरा जेठ १६/ यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मनसुन आगमन बुलेटिन जारी गर्दै बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको...

पोखरा जेठ १६/ यस वर्षको मनसुन सरदरभन्दा १५ दिनअघि नै भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मनसुन आगमन बुलेटिन जारी गर्दै बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जनाएको छ। जसको फलस्वरूप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ। नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ। महाशाखाले मौसमको अवस्थाको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति २०८२ जेठ १७ गते शुक्रबार ०५:०२
प्रतिक्रिया दिनुहोस्