कास्कीको मादि गाउँपालिकामा पहिरो

कास्कीको मादि गाउँपालिकामा पहिरो
२०८२ असार ६ गते शुक्रबार १२:३१

पोखरा असार ६/ कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसेको पहिरोले मादी(१ खिलाङमा दुई र मादी(६ तप्राङमा चारवटा घरमा क्षति पुगेको हो ।   खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुई घर सामान्य...

पोखरा असार ६/ कास्कीको मादी गाउँपालिकामा पहिरोले ६ वटा घरमा क्षति पुगेको छ । गएराति अविरल वर्षापछि खसेको पहिरोले मादी(१ खिलाङमा दुई र मादी(६ तप्राङमा चारवटा घरमा क्षति पुगेको हो ।

 

खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुई घर सामान्य क्षति भएको र दुई वटा भैंसी पुरिएर मरेको मादी(१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए । मादी(६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको हो ।

भेडीखर्कका स्थानीय वीरबहादुर रानाको दुई वटा, सोही ठाउँका सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो । ञघटनामा मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार १२:३१
प्रतिक्रिया दिनुहोस्