माउण्ट अन्नपूर्ण मा.विमा टोष्ट मास्टर कार्यक्रम

माउण्ट अन्नपूर्ण मा.विमा टोष्ट मास्टर कार्यक्रम
२०८२ असार ६ गते शुक्रबार ११:०७

पोखरा असार ६/ पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगर्त टोष्ट मास्टर कार्यक्रम ( भाषण कला अभिबृद्धि ) आयोजना भएको छ । शुक्रवार भएको उक्त कार्यक्रममा पन्ध्र सहभागी विद्यार्थीमध्ये...

पोखरा असार ६/ पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगर्त टोष्ट मास्टर कार्यक्रम ( भाषण कला अभिबृद्धि ) आयोजना भएको छ । शुक्रवार भएको उक्त कार्यक्रममा पन्ध्र सहभागी विद्यार्थीमध्ये अनुपम पौडेल,कस्मिक विश्वकर्मा, प्रस्ताव विश्वास र स्नेहा किसान क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए।

कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक  तेजबहादुर गुरुङले विद्यार्थीहरूको भाषण कलालाई प्रभावकारी तरिकाले बिकास गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ । कार्यक्रमको उदेश्यमाथि प्रकास पार्दे गुरुङले भन्नुभयो विशिष्ट मूल्याङ्कनकर्ता , मूल्याङ्कनकर्ता, व्याकरण परीक्षक, थेगो गणक र समयपालकमार्फ प्रतियोगी विद्यार्थीको बहुपक्षीय मूल्याङ्कन गर्ने उद्धेश्य हो गुरुङले थप्नुभयो  ।  कार्यक्रममा फरक–फरक तिन शीर्षकमा वक्तृत्वकला कार्यक्रम समेत भएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले एवं मूल्याङ्कन कर्ताको भूमिका निर्देशक अशोक शाहीले गर्नुभएको थियो । यसरी नै कार्यक्रम सञ्चालन शिक्षिका सेजल विजुक्छेले गर्नु भएको थियो भने स्वगत मन्तव्य विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनालले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरु सबैलाई धन्यबाद ज्ञापन शिक्षक दुर्गादत्त सुवेदीले गर्नुभएको थियो भने ,समय पालको भुमिका शिक्षक नन्द गुरुङ र सुधा सिकेले गर्नुभएको थियो ।

यसै बिच विद्यालयमा अन्तराष्ट्रिय योग दिवसको अवसरमा बिहानको एसेम्लीमा बिद्यालयका लेखा प्रमुख तथा गण्डकी प्रदेश पातञ्जल समितिका कोषाध्क्षय नवराज शर्माले विद्यार्थीहरुलाई २० मिनेट योग अभ्यासको प्रशिक्षण गराउनुभएको थियो । यस्तै शिक्षक अस्विन कोइरालाले अन्तराष्ट्रिय योग दिवसको बारेमा जानकारी दिनुभएको थियो । माउण्ट अन्नपूर्ण मा.विमा गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

वसको अवसरमा बिहानको एसेम्लीमा बिद्यालयका लेखा प्रमुख तथा गण्डकी प्रदेश पातञ्जल समितिका कोषाध्क्षय नवराज शर्माले विद्यार्थीहरुलाई २० मिनेट योग अभ्यासको प्रशिक्षण गराउनुभएको थियो । यस्तै शिक्षक अस्विन कोइरालाले अन्तराष्ट्रिय योग दिवसको बारेमा जानकारी दिनुभएको थियो । माउण्ट अन्नपूर्ण मा.विमा गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।

 

 

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ११:०७
प्रतिक्रिया दिनुहोस्