स्याङ्जाको शिशु निकेतनले होटल म्यानेजमेण्ट विषयको कक्षा शुरु गर्दै

स्याङ्जाको शिशु निकेतनले होटल म्यानेजमेण्ट विषयको कक्षा शुरु गर्दै
२०८२ असार ११ गते बुधबार १२:४३

स्याङ्जा असार ११/ स्याङ्जाको शिशु निकेतन आवासिय मा वि ले होटल म्यानेजमेन्ट विषयको कक्षा संचालन गर्न लागेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको शिशु निकेतन आवाशिय मा वि ले शैक्षिक सत्र २०८२ देखि कक्षा एघारमा होटल...

स्याङ्जा असार ११/ स्याङ्जाको शिशु निकेतन आवासिय मा वि ले होटल म्यानेजमेन्ट विषयको कक्षा संचालन गर्न लागेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको शिशु निकेतन आवाशिय मा वि ले शैक्षिक सत्र २०८२ देखि कक्षा एघारमा होटल म्यानेजमेण्ट विषयको अध्यापन शुरु गर्न लागेको हो ।

विद्यार्थीहरुको रोजाईमा रहेको यस विषय शुरु गर्ने शिशु निकेतन स्याङ्जाको सदरमुकाम स्याङ्जा र पुतलिबजार नगरपालिकामा पहिलो हो । बि। सं। २०५७ सालमा स्थापित यो विद्यालयले बद्लिदो समय, परस्थिति अनुरुप आफ्ना कार्यक्रमहरु पस्कदै आएको छ । विद्यार्थीहरुको माग होटलम्यानेजमेण्टमा रहेको र स्याङ्जामा यो आवश्यकलाई पुरा गर्नका साथै पुतलिबजार र वरपर रहेर होटल म्यानेजमेण्ट पढ्न चाहने विद्यार्थीहरुलाई पलायन हुनबाट रोक्नका लागि यो बिषय शुरु गरिएको विद्यालयका प्रिन्सिपल मनोज मल्लको भनाई छ । आजका मितिसम्म होटल म्यानेजमेण्ट पढ्न चाहने विद्यार्थीहरु पोखरा लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो।

होटल म्यानेजमेण्ट पढेका विद्यार्थीहरुको माग विश्व बजारमा रहेकाले पनि समय सापेक्ष बिषय सो विद्यालयको छनोटमा परेको पृन्सिपल मल्लले बताए । यसको पठनपाठनका निम्ति सम्पुर्ण कामहरु भैसकेको विद्यालयका एकेडेमिक डिन राजेन्द्र बहादुर गोदारले बताएका छन । शैक्षिक सत्र २०८१ को नतिजा प्रकाशनको तयारीसगै विद्यालयले कक्षा संचालनलाई तदारुकताका साथ अगाडि बढाएको छ र त्यसका लागि आवश्यक ल्याब व्यबस्थापनको काम गरिरहेको विद्यालयले जनाएको छ ।

 

प्रकाशित मिति २०८२ असार ११ गते बुधबार १२:४३
प्रतिक्रिया दिनुहोस्