पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा  अत्याधुनिक हवाई इन्धन डिपो निर्माण
२०८२ असार २० गते शुक्रबार ०९:२२

पोखरा असार २० / पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो । पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता,...

पोखरा असार २० / पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण भएको छ । नेपाल आयल निगमले पहिलो पटक ३६ लाख लिटर भण्डारण क्षमताको हवाई इन्धन डिपो निर्माण गरेको हो ।

पहिलो पल्ट शत प्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी, स्वदेशी सीप र पुँजीमा इन्धन डिपो निर्माण गरिएको हवाई इन्धन डिपो निर्माण परियोजनाका प्रमुख इञ्जिनियर प्रदीप यादवले जानकारी बताए ।

निगमले आफ्नो ५५ वर्षको इतिहासमा ७५ करोड रुपैयाँ लागतमा यति ठूलो परियोजना पहिलो पटक बनाएको हो । परियोजनाका प्रमुख इञ्जिनियर यादवले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानलाई आवश्यक पर्ने इन्धन उपलब्ध गराउन विमानस्थल परिसरमा अत्याधुनिक प्रविधि जडित हवाई इन्धन डिपो निर्माण गरिएको हो ।

एक हजार दुई सय किलोलिटर क्षमताको तीन वटा ठूला भण्डारण गृहमा तीन हजार ६ सय किलोलिटर इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्याङ्क निर्माण गरिएको हो । यो डिपोले पोखराबाट हुने उडानहरूको इन्धन आपूर्तिमा सहजता ल्याउने बताइएको छ ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार ०९:२२
प्रतिक्रिया दिनुहोस्