शिशु निकेतन मा वि द्वारा उत्कृष्ट शिक्षकहरु सम्मानित

शिशु निकेतन मा वि द्वारा उत्कृष्ट शिक्षकहरु सम्मानित
२०८२ असार २४ गते मङ्गलबार १०:१८

स्याङ्जा असार २४/ स्याङ्जाको शिशु निकेतन आवशिय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा एस इ इ मा ४ जि पि ए सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण गर्ने विषय शिक्षकलाई सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको सो...

स्याङ्जा असार २४/ स्याङ्जाको शिशु निकेतन आवशिय माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परिक्षा एस इ इ मा ४ जि पि ए सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण गर्ने विषय शिक्षकलाई सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ बाड्खोलामा रहेको सो विद्यालयले शैक्षिक सत्र २०८१ को एस इ इ परिक्षामा आफ्नो विषयमा उत्कृष्ट ४ जि पि ए सहित शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल शिक्षकहरु क्रमश राजेन्द्र बहादुर गोदार अंग्रेजी, दुत प्रसाद रेग्मी नेपाली र हिमाली राना बिज्ञान शिक्षकलाई नगद र प्रशसापत्रले सम्मान गरेको विद्यालयका प्रिन्सिपल मनोज मल्लले जानकारी दिए ।

शिक्षकहरुलाई नगद र प्रशसापत्र प्रदान गर्दै पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले ४ जि पि ए सहित शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउन सफल शिक्षकहरुलाई बधाई दिदै उच्च मनोबलका साथ अध्यापन गराउन सुझाव दिइन । उनले शिशु निकेतनले एक पछि अर्को गर्दै नविनतम शैक्षिक उपलब्धी हासिल गरेको र धेरै अभिभावकहरुको मन जित्न सफल भएकोमा विद्यालयका प्रधानाध्यापक मल्ल सहित सम्पुर्ण संचालक र व्यवस्थापक टिमको प्रशंसा समेत व्यक्त गरिन ।

सो कार्यक्रममा पुतलिबजार प्रज्ञा प्रतिष्ठान सदस्य मञ्जु थापा, गणित बिषय समिति सदस्य मदन पौडेल लगायतको उपस्थिती रहेको थियो । सिद्धार्थ राजमार्ग सडक छेउमा पर्ने सो विद्यालयले पढाइका अतिरिक्त सिर्जनात्मक क्रियाकलापमा समेत विद्यार्थीहरुलाई अभ्यास गराउदै आएको छ । विद्यालयले यो शैक्षिक सत्र देखि कक्षा ११ मा होटल म्यानेजमेन्ट,ट्राभल,टुरिज्म एण्ड माउन्टेनरिङ विषयको कक्षा संचालन गर्दैछ । जसका कक्षा श्रावण ६ देखि र श्रावण १ गते अभिमुखिकरण कक्षा हुने प्रिन्सिपल मल्लले बताए ।

प्रकाशित मिति २०८२ असार २४ गते मङ्गलबार १०:१८
प्रतिक्रिया दिनुहोस्