पोखरा सहित विभिन्न जिल्लामा ठूलो वर्षा , नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पोखरा सहित विभिन्न जिल्लामा ठूलो वर्षा , नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८२ असार २५ गते बुधबार ०७:०५

पोखरा असार २५ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।...

पोखरा असार २५ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसै बिच पोखरा सहित विभिन्न जिल्लामा ठूलो वर्षा भएको हुदा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । पोखरामा मंगलबार साँझबाट बर्षा जारी रहेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना छ।

प्रकाशित मिति २०८२ असार २५ गते बुधबार ०७:०५
प्रतिक्रिया दिनुहोस्