अमोर सेवा नेपाल बालगृहलाई मञ्जुश्री फाइनान्स लिमिटेडको सहयोग

अमोर सेवा नेपाल बालगृहलाई  मञ्जुश्री  फाइनान्स  लिमिटेडको सहयोग
२०८२ असार २९ गते आईतबार ०४:५३

पोखरा साउन २९/ अमोर सेवा नेपाल बालगृहलाई मञ्जुश्री फाइनान्स लिमिटेडको सहयोग छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखाबाट अमोर सेवा नेपाल बालगृहलाई भौतिक तथा खाद्यान्न सामग्री सहयोग मन्जुश्री...

पोखरा साउन २९/ अमोर सेवा नेपाल बालगृहलाई मञ्जुश्री फाइनान्स लिमिटेडको सहयोग छ । सामाजिक उत्तरदायित्व अन्तर्गत मन्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखाबाट अमोर सेवा नेपाल बालगृहलाई भौतिक तथा खाद्यान्न सामग्री सहयोग मन्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको नियमित कार्यक्रमलाई निरन्तरता दिँदै, यसपटक अमोर सेवा नेपाल बालगृहलाई भौतिक सामाग्री तथा खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो ।

यस सहयोग कार्यक्रमको प्रमुख उद्देश्य समाजमा सहयोगको भावना फैलाउँदै, मानवता र समान अवसरको विकासमा योगदान पुर्‍याउनु रहेको छ। अनाथ तथा असहाय बालबालिकाको संरक्षण र पुनःस्थापनाको क्षेत्रमा समर्पित अमोर सेवा नेपाल जस्तो संस्था सँग सहकार्य गर्नु संस्था स्वयंको जिम्मेवारी मात्र नभई गर्वको विषय पनि हो।

मञ्जुश्री फाइनान्स , पोखरा शाखाका शाखा प्रबन्धक सर्मिला श्रेष्ठज्यूको उपस्थितिमा उक्त सामाग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। सो अवसरमा उहाँले भन्नुभयोस् “समाजप्रति उत्तरदायी वित्तीय संस्था हुनको नाताले हामीले गरिब, विपन्न र आश्रित वर्गप्रति सधैं समवेदना राख्नुपर्छ भन्ने विश्वास लिएका छौं। अमोर सेवा नेपालजस्तो संस्था सँग सहकार्य गर्न पाउनु हामी सबैका लागि साँचो अर्थमा प्रेरणादायी अवसर हो।”

त्यसैगरी, अमोर सेवा नेपाल बालगृहका तर्फबाट संस्थापक तथा प्रमुख कमला पराजुलीज्यूले सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयोस् “सामाजिक सेवामा लाग्दा यस्ता संस्थाहरूको साथ र समर्थनले अझ ऊर्जा मिल्दछ। बालबालिकाहरूको शिक्षादिक्षा, पालनपोषण र भविष्य निर्माणमा यस्ता सहयोग अमूल्य हुन्छन्। हामी मञ्जुश्री फाइनान्स प्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं।”

यो कार्यक्रमले संस्थाहरूबीचको सहकार्य, सेवा र सामाजिक परिवर्तनप्रतिको साझा दृष्टिकोणलाई बलियो बनाउने अपेक्षा गरिएको छ।मन्जुश्री फाइनान्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता सामाजिक हितका कार्यक्रमहरूलाई निरन्तरता दिँदै, देशभरका शाखाहरूबाट जिम्मेवार वित्तीय सेवा मात्र नभई सामाजिक न्यायको पक्षमा समेत सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति २०८२ असार २९ गते आईतबार ०४:५३
प्रतिक्रिया दिनुहोस्