साउन १ गतेबाट सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने

साउन १ गतेबाट सरकारी कार्यालय जाँदा नगद बोक्न नपर्ने
२०८२ असार ३० गते सोमबार १०:०५

पोखरा असार ३०/ साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णतः विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था...

पोखरा असार ३०/ साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णतः विद्युतीय भुक्तानी कायम हुने भएको छ। यो व्यवस्थासँगै अब सरकारी कारोबार नगदरहित हुने भएको छ।

गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन अर्थमन्त्रालयले सरोकारवाला निकायहरूलाई परिपत्र जारी गरेको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष अर्थात साउन १ गते लागू हुने गरी सबै सरकारी निकायलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गर्ने सम्बन्धमा सूचना जारी गरेको हो।

मन्त्रालयले सबै मन्त्रालयरआयोगरसचिवालयरकार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सार्वजनिक संस्थानहरू, बोर्डरसमितिर प्रतिष्ठान सबै संस्थाहरू विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन भनेको छ।

 

प्रकाशित मिति २०८२ असार ३० गते सोमबार १०:०५
प्रतिक्रिया दिनुहोस्