स्याङ्जा असार ३१/ विवेक भुषाल क्यानडाबाट नेपाल फर्केर समाजसेवामा सक्रिय रहेका छन । देश–विदेशको मोह त्यागी, जन्मभूमिप्रतिको प्रेमलाई कर्मभूमिमा रूपान्तरण गर्ने युवाको परिचय बोकेका भुषालले युथ्स फर अर्जुनचौपारी क्लबको नेतृत्व गर्दै समाज रुपान्तरणमा होमिएका छ्न ।
प्रवासको जीवन छोडेर आफ्नै मातृभुमिमा केही गर्नुपर्छ भन्ने संकल्प बोकेका उनको अगुवाइमा क्लबले पहिलोपटक आयोजना गरेको फुटबल प्रतियोगिता केवल खेलकुद मात्र होइन, स्थानीय पर्यटन र युवा ऊर्जाको सशक्त प्रदर्शनको प्रतीक बन्न पुग्यो। शैक्षिक उत्प्रेरणा कार्यक्रमदेखि वातावरण संरक्षणसम्म, प्रत्येक अभियानमा विवेकको सक्रिय उपस्थिति र सशक्त समन्वय देखिन्छ।
ूदेशलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। परिवर्तनको आशा राजधानीमा मात्र होइन, गाउँको कुनामा बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु,ू विवेक भन्छन्, ूम विश्वास गर्छु, युवाले हात हाल्ने हो भने जुनसुकै ठाउँलाई पनि उज्यालो बनाउन सकिन्छ।ू उनको नेतृत्वमा गाउँपालिकाको सहकार्यमा वृक्षारोपण, सरसफाई, शैक्षिक तालिम र सामुदायिक समन्वयका कार्यक्रमहरू प्रभावशाली ढंगले सम्पन्न हुँदै आएका छन्।
युथ्स फर अर्जुनचौपारी क्लब मात्र होइन, अर्जुनचौपारीकै युवा चेतनाको प्रतीक बनेका भुषालले देखाएको समर्पण आजको पुस्ताका लागि उदाहरणीय र अनुकरणीय रहेको छ।










