रूसमा ८.८ म्याग्निच्युडको भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी

रूसमा ८.८ म्याग्निच्युडको भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी
२०८२ साउन १५ गते बुधबार ०८:०३

एजेन्सी साउन १४/रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८।८ म्याग्निच्युडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्प समुद्रको १९।३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट...

एजेन्सी साउन १४/रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८।८ म्याग्निच्युडको भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०का अनुसार भूकम्प समुद्रको १९।३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित रहेको छ । यो भूकम्प सन् २०११ को जापानको ९।० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ । भूकम्पका कारण रूस, जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ ।

जापानको मौसम एजेन्सीले प्रशान्त महासासगर तटमा १ देखि ३ मिटरसम्मका लहरहरू आउनसक्ने चेतावनी दिएको छ । यसले होक्काइडो, तोहोकु, कान्टो र वाकायामा क्षेत्रमा असर पार्न सक्छ । रूसको कामचटका क्षेत्रमा ३–४ मिटर उचाइका सुनामी लहरहरू रेकर्ड गरिएको छ । सखालिनको सेभेरो–कुरिल्स्कमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

हवाईमा सुनामी लहरहरू स्थानीय समयअनुसार साँझ ७ स् १७ बजे आइपुग्ने अनुमान गरिएको छ । अमेरिकाको पश्चिमी तट, अलास्का र क्यानाडामा पनि सुनामी सतर्कता जारी गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ०८:०३
प्रतिक्रिया दिनुहोस्