युके पठाईदिने प्रलोभन देखाएर १९ जनासँग साढे ३२ लाख रुपियाँ ठगी गरेको आरोपमा ललितपुरबाट एक युवती पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीलेनवलपुर जिल्लाको सुनवल नगरपालिका–१ की २९ वर्षीया बिन्दु पोखरेललाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार , हाल ललितपुर महानगरपालिका–२३ मा बसोबास गर्दै आएकी पोखरेलले “युके पठाइदिन्छु” भन्दै १९ जना पीडितबाट जम्मा ३२ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएकी थिइन्। पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेकी पोखरेललाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।










