प्याब्सन स्याङ्जाले बुझायो सासद थापा मार्फत शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र

प्याब्सन स्याङ्जाले बुझायो सासद थापा मार्फत शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र
२०८२ भदौ २ गते सोमबार ०८:२१

पवन मरासिनी, स्याङ्जा भदौ २/ निजि तथा आवशिय विद्यालय अर्गनाइजेसन प्याब्सन स्याङ्जाले सोमबार प्रतिनिधि सभा सदस्य राजु थापा समक्ष ज्ञापनपत्र बुझाएको छ । प्याब्सन स्याङ्जाले नेपाल सरकारद्वारा प्रस्तावित शिक्षा विधेयकमा समेटिन...

पवन मरासिनी, स्याङ्जा भदौ २/ निजि तथा आवशिय विद्यालय अर्गनाइजेसन प्याब्सन स्याङ्जाले सोमबार प्रतिनिधि सभा सदस्य राजु थापा समक्ष ज्ञापनपत्र बुझाएको छ । प्याब्सन स्याङ्जाले नेपाल सरकारद्वारा प्रस्तावित शिक्षा विधेयकमा समेटिन लाएका केही बुदाहरु परिमार्जन गर्नुपर्ने माग राख्दै प्रतिनिधि सभा सदस्य थापामार्फत नेपाल सरकार शिक्षा मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । प्याब्सनले आफ्ना विभिन्न मागहरु राख्दै देशैभर नै प्रतिनिधि सभा सदस्यहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रतिनिधि सभा सदस्य थापाले शिक्षा एनले कसैलाई काखा कसैलाइ पाखा नगर्ने गरि जारी गर्न आफुले दबाब दिने र सम्बन्धित ठाउमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति समेत रहनुभएका थापाले स्याङ्जाको प्रतिनिधिका हिसाबले सम्बन्धित सरोकार राख्नेहरुसङ्ग आफुले आवश्यक समन्वय गर्नेमा जोड दिदै गम्भीर ध्यानाकर्षण भएको बताए ।

प्याब्सन स्याङ्जाका अध्यक्ष राजेन्द्र बहादुर गोदारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निजि विद्यालयहरुलाइ क्रमश गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यांस हटाउनुपर्ने, पुर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्या १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने लगायतका मागहरु राखिएको छ ।

प्याब्सन स्याङ्जाले सरोकारवालाहरुले वर्षौदेखि शिक्षा एन संशोधन र निजि लगानीमा सन्चालन गरिएका शैक्षिक सस्थाहरुलाइ व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउदै आएपनी प्याब्सनद्वारा प्रस्तुत गरिएका सुझावलाई बेवास्ता गर्दै प्रस्तावित विधेयकमा निजि विद्यालयको हित विपरितका विविध विषयवस्तु समेटिएको भन्दै सो ज्ञापनपत्र बुझाएको प्याब्सन स्याङ्जाका सचिव हरिप्रसाद अर्यालले जानकारी दिए ।

प्याब्सन स्याङ्जाका सल्लाहकार भरत प्रसाद लम्साल, हिसान स्याङ्जाका अध्यक्ष लेखनाथ रेग्मी, शिशुनिकेतन अङ्ग्रेजी आवशिय मा वि का पृन्सिपल मनोज मल्ल, ध्रुर्वोदय इङ्लिस बोर्डिङ स्कुलका पृन्सिपल ध्रुबबन्धु पौडेल, भु पु सैनिक मा वि का पृन्सिपल यदु थापा, प्याब्सन स्याङ्जाका सदस्य मनोज खड्का, स्मृति काफ्ले लगायतको उपस्थितिमा सो ज्ञापनपत्र बुझाइएको थियो ।

प्रकाशित मिति २०८२ भदौ २ गते सोमबार ०८:२१
प्रतिक्रिया दिनुहोस्