स्याङ्जा भदौ ५/ स्याङ्जा सदरमुकाम स्थित सिटिहलमा आयोजित तिजमा बरिलै २०८२ खुल्ला तिज गित प्रतियोगिता एवम एकल नृत्य प्रतियोगिता मंगलबार भव्यताका साथ सम्पन्न भएको छ । आधिखोला एक्स्प्रेस न्युज प्रा लि को आयोजनामा सम्पन्न तिज गित प्रतियोगितामा पुतलीबजार ९ को एकता बुहारी समूह कोल्मा प्रथम भएको छ ।
१४ प्रतिस्पर्धी समूह सहभागि सो तिज गित प्रतियोगितामा दुर्गा नगर आमा समूह द्दितिय, गैरिखेत आमा समूह तृतिय, लत्रेपिपल आमा समूह र नयाँबजार आमा समूह सान्त्वना बनेका छन । यस्तै, एकल नृत्यतर्फ कन्चन शर्मा प्रथम, सृष्टि घले द्दितिय, रविना श्रेष्ठ तृतिय र सन्ध्या मरासिनी सान्त्वना बनेकी छन ।
सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री एवम् प्रदेश सभा सदस्य सीता कुमारी सुन्दासले नारिहरुको मौलिक पर्व तिजको मौलिकता हराउन दिन नहुने बताइन । तिज नारीहरुको पहिचान र नेपालीहरुको पहिचान भएको बताइन । तिजको मौलिकता जोगाउन पछिल्लो समय बढ्दै आएको तडकभडक र देखासिकी रोक्न आवश्यक रहेको बताइन ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा पुतलीबजार नगरपालिकाकी नि वर्तमान नगर प्रमुख सिमा कुमारी क्षेत्री, पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवि अर्याल, प्रमुख जिल्ला अधिकारी इश्वरिप्रसाद अर्याल, मुक्तिनाथ विकास बैंकका संचालक समिती सदस्य एवम् स्याङ्जा बहुमुखी क्याम्पसका सस्थापक तथा क्याम्पस प्रमुख भरत प्रसाद लम्साल, खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा, नेपाली काङ्ग्रेसका नगर सभापती सुरज कुमार अधिकारी, नेकपा एमाले स्याङ्जा क्षेत्र न १ का सचिव अमृत नेपाली, रास्वपा स्याङ्जाका नेता बोधराज रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
आधिखोला एक्स्प्रेस न्युज प्रा लि का अध्यक्ष रोसन लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका शुभचिन्तक एवम् जनप्रतिनिधि सोम बहादुर कुवरले स्वागत एवम कार्यक्रमको संचालन व्यवस्थापक राधा कृष्ण शर्माले गरेका थिए ।










