स्याङ्जाको पुतलीबजार नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाले गरे रक्तदान

स्याङ्जाको पुतलीबजार नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाले गरे रक्तदान
२०८२ भदौ ६ गते शुक्रबार ११:०५

पवन मरासिनी,स्याङ्जा भदौ ६/ स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिकामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व बन्धुत्व दिवस ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका मुख्य प्रसाशिका राजयोगिनी डा। प्रकाशमणीको १८...

पवन मरासिनी,स्याङ्जा भदौ ६/ स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिकामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विश्व बन्धुत्व दिवस ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयका मुख्य प्रसाशिका राजयोगिनी डा। प्रकाशमणीको १८ औ स्मृति दिवसका अवसरमा विश्वविद्यालयले आयोजना गरेको सो रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको जनाइएको छ ।

रक्तदान गरौं, जीवन बचाउ भन्ने नाराका साथ आयोजित कार्यक्रमको सुभारम्भ पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसी राम रेग्मीले गरेका थिए । सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख रेग्मीले रक्तदान जिवनदान भएकाले यो महान कार्यमा सबै जुट्नुपर्ने बताए । उनले रगतको अभावले हुने स्वास्थ्य समस्या न्युनिकरणमा रक्तदानबाट संकलित रगतले महत्त्वपूर्ण भुमिका खेलिरहेको बताए ।

कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, विश्वविद्यालय प्रगतिनगर शाखा स्याङ्जाका संचालिका ब्रह्माकुमारि अम्बिका दिदी, रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्याल लगायतले आफ्ना धारणा राखेका थिए । सो कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ११:०५
प्रतिक्रिया दिनुहोस्