पवन मरासिनी, स्याङ्जा भदौ ८/ स्याङ्जाको बाड्खोलामा सुर्योदय तिज उत्सव भएको छ । पुतलीबजार ३ बाड्खोलामा रहेको सुर्योदय महिला क्लबको आयोजनामा सुर्योदय तिज उत्सव खुल्ला तिज गित एवम् एकल नृत्य प्रतियोगिता भएको हो । पुतलीबजार ३ बाड्खोला स्थित शिशुनिकेतन आवशिय मा वि को प्राङ्गणमा आयोजित प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश लेखा समिती सभापति एवम् प्रदेश सभा सदस्य सुदिर कुमार पौडेलले गरेका थिए ।
कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नि वर्तमान प्रमुख तथा नेकपा एमाले केन्द्रिय सदस्य सिमा कुमारी क्षेत्री, नगर उपप्रमुख देवी अर्याल, मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य एवम् स्याङ्जा बहुमुखी क्याम्पस प्रमुख भरत प्रसाद लम्साल, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य दिपक लम्साल लगायतले तिजको शुभकामना व्यक्त गरेका थिए । सुर्योदय महिला क्लबकी अध्यक्ष तारा पौडेल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मिरा मल्लले स्वागत एवम संचालन संचारकर्मी विक्रम संवतले गरेका थिए ।
गायन तर्फ २१ प्रतियोगी आमा समुहमध्ये दुर्गा नगर सास्कृतिक समूह प्रथम भएको छ । त्यस्तै, शाहि थर आमा समूह द्दितिय, शिशु निकेतन शिक्षक समुह तृतिय र काला भैरब आमा समुहले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा रेडियो स्याङ्जा दिदी बहिनी समुहको प्रस्तुति र नृत्यले दर्शकहरूलाई मंत्रमुग्ध बनाएको थियो ।
त्यस्तै, एकल नृत्यतर्फ स्वीकृति परियार प्रथम, कन्चन शर्मा द्दितिय, अञ्जनि रेग्मी तृतिय भएकी थिइन । गायनतर्फ प्रथम, द्दितिय, तृतिय र सान्त्वना समुहले क्रमशस् २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपिया नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै, एकल नृत्यतर्फ प्रथम, द्दितिय र तृतियले क्रमशस् ५, ३ र २ हजार रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । राजनीतिक क्षेत्रबाट सिमा कुमारी क्षेत्री, धार्मिक क्षेत्रबाट ब्रह्माकुमारी इश्वरिय विश्वविद्यालय प्रगतिनगरकी प्रमुख अम्बिका लामिछाने अम्बिका दिदी, स्वास्थ्यबाट मिठु ढकाल, शिक्षाबाट गङ्गा शर्मा लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहिरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर, नि वर्तमान अध्यक्ष रमेश बि जि, वरिष्ठ उपाध्यक्ष पशुपती शर्मा, लोक दोहोरी गायक घनश्याम रिजाल लगायत लोक दोहोरी प्रतिष्ठान नेपाल सिङ्गो टिमको शुभेच्छा रहेको थियो ।
कार्यक्रम सम्पन्न भइरहदा केही तिक्तता र असमझदारी, समन्वय अभाव देखिएको नेपाली काङ्ग्रेस ३ का वडा सचिव मोती प्रसाद मरासिनीले बताए ।
कार्यक्रमको फोटो फिचर












