पुतलीबजार ४ र आधिखोला ६ जोड्ने झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न

पुतलीबजार ४ र आधिखोला ६ जोड्ने झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न
२०८२ भदौ ११ गते बुधबार ०९:४०

स्याङ्जा भदौ ११/ स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ४ ठुलिबेशी स्थित झोलुङ्गे पुल स्तरोन्नति गरिएको छ । पुतलीबजार ४ र आधिखोला गाउपालिका ६ जोड्ने सो पुलको एकातर्फको जीप यहि साउनमा भत्केको र सो पुल स्तरोन्नति गर्नका लागि नगर प्रमुख...

स्याङ्जा भदौ ११/ स्याङ्जाको पुतलीबजार नगरपालिका वडा न ४ ठुलिबेशी स्थित झोलुङ्गे पुल स्तरोन्नति गरिएको छ । पुतलीबजार ४ र आधिखोला गाउपालिका ६ जोड्ने सो पुलको एकातर्फको जीप यहि साउनमा भत्केको र सो पुल स्तरोन्नति गर्नका लागि नगर प्रमुख तुलसीराम रेग्मीको विशेष पहलमा स्तरोन्नति गरिएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।

नगर प्रमुख रेग्मीले पुल भत्केको थाहा हुने बित्तिकै यहि साउन २२ गते भत्किएको पुलको निरीक्षण पश्चात् मर्मतका लागि सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए । नगर प्रमुख रेग्मी सहितको टोलिले मर्मत सम्पन्न पश्चात् पनि सो पुलको निरीक्षण तथा अनुगमन गरेको छ ।

अनुगमन टोलिमा नगर प्रमुख रेग्मी सहित प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, वडा न ४ का वडा सदस्य सुरेन्द्र के सी, प्राबिधिकहरु इन्जिनियर रोशन दोरङ्गा र अमिन अबिनास अर्याल रहेका थिए ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०९:४०
प्रतिक्रिया दिनुहोस्