पोखरा । आगामी भदौ १४ गते शनिबार हुने Centre for Democratic Engineers Nepal (CDEN), गण्डकी प्रदेश तेस्रो कार्यसमिति को निर्वाचनमा इन्जिनियर महेन्द्र पौडेल सचिव पदका उम्मेदवार बनेका छन्।
सिभिल इन्जिनियरिङमा स्नातक र पब्लिक हेल्थ तथा डिजास्टर इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका पौडेल हाल पोखरा महानगरपालिकामा कार्यरत छन्। उनी प्राविधिक योजना, घर नक्सा, निर्माण व्यवस्थापन तथा नगर विकाससम्बन्धी काममा प्रत्यक्ष संलग्न छन्।
शैक्षिक र पेशागत अनुभवसँगै पौडेलले संगठनात्मक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनी नेपाल इन्जिनियर्स एशोसिएसन, गण्डकी प्रदेशका सदस्य तथा ने वि संघ पोखरा इन्जिनियरिङ कलेजका पूर्व सभापति समेत हुन्। साथै, पोखरा महानगरपालिका कर्मचारी युनियनका सचिव रहँदै निरन्तर सक्रियता देखाउँदै आएका छन्।
सचिव पदका उम्मेदवार पौडेलले लोकतान्त्रिक मूल्य, पारदर्शिता र इन्जिनियरमैत्री वातावरण निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले अध्ययन, अनुसन्धान र नीति निर्माणमा जोड दिँदै नेपाल निजामती कर्मचारी, प्रदेश निजामती कर्मचारी र स्थानीय तह कर्मचारीहरुको हकहित सुनिश्चितता, पारदर्शी निर्णय प्रक्रिया र प्रतिवद्ध नेतृत्वलाई आफ्नो प्राथमिकता रहेको बताएका छन्।
उनले भने, “CDEN लाई पारदर्शी, अनुसन्धानमैत्री र सदस्य–केन्द्रित संस्था बनाउन सचिव पदमा उम्मेदवारी दिएको हुँ। निजामती सेवा र संगठनात्मक अनुभवले मलाई इन्जिनियरहरूको आवाजलाई प्रभावकारी रूपमा सरकारी तहमा पु-याउन मद्दत गर्नेछ।”
भोलि हुने निर्वाचनमा गण्डकी प्रदेशका इन्जिनियर र आर्किटेक्ट सदस्यहरूमाझ पौडेलले विश्वासका साथ आफ्नो मूल्यवान मत दिन आग्रह गरेका छन्।










